७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाज

 शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

७ भदौ ,गुलरिया (बर्दिया)। जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ ।

नगरपालिकाले दरबन्दी मिलानका क्रममा विद्यालयमा कार्यरत सामाजिक विषयको शिक्षकलाई अन्यत्र सरुवा गरेपछि पदपूर्ति नहुँदा तीन महिनादेखि विद्यालयमा सामाजिक विषयको अध्यापन गराउने शिक्षक अभाव छ ।

दरबन्दी मिलानका क्रममा गत जेठमा नगरपालिकाले विषयगत शिक्षक सरुवा गरेपछि हालसम्म पनि पदपूर्ति नभएको विद्यालयका प्रधानाध्यापक सरोजकुमार झाले जानकारी दिए । उनका अनुसार कक्षा ९ मा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

“अरु विषयको शिक्षक खभाव नभएकाले प्रश्नपत्र तयार गरी त्रैमासिक परीक्षा भइसकेको छ”, प्रअ झाले भने, “सामाजिक विषय शिक्षक अभावमा प्रश्नपत्र नबन्दा परीक्षा हुन सकेको छैन ।” उहाँका अनुसार सोही विषयको एकजना शिक्षक दुई वर्षअघि निलम्बनमा परेका थिए । उनको ठाउँमा हाउनुभएका शिक्षक पनि दरबन्दी मिलानका क्रममा गत जेठमा सरुवा भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकासँग पटकपटक शिक्षक माग गरिरहेको भन्दै हालसम्म सुनुवाइ नभएको उहाँले उल्लेख गर्नुभयो ।

विद्यालयमा सामाजिक मात्र नभई गणित, अङ्ग्रेजी विषय शिक्षकको समेत समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताए । “कक्षा १२ (प्लस टु)मा पनि राजनितिक शास्त्र विषयगत शिक्षक अभाव छ । पटकपटक शिक्षक माग गर्दा नगरपालिकाले कार्यविधि बनाएर व्यवस्था गर्ने बताउँदै आएको छ । नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्नेछौँ”, उनले भने ।

सामाजिक विषय शिक्षकसहित अभाव रहेका शिक्षकको दरबन्दी आव्हन गरेर शिक्षकको पदपूर्ति गर्ने योजना रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताए । “तल्लो तहको शिक्षकले योग्यता पुगे माथिल्लो कक्षामा पढाउन सक्ने शिक्षा नियमावलीको प्रावधान छ । विद्यालयमा केही शिक्षकले पढाएको कक्षा कम देखिएका विद्यालयसँग बसेर छलफल गर्ने तयारीमा छौँ”, उनले भने ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व