२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

आईसीसी महिला टी–२० विश्वकप बंगलादेशबाट युएई सारियो

५ भदौ, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ ।

यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।

प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको छ ।

आईसीसीले प्रतियोगिताको आयोजनास्थल मात्र बंगलादेशबाट युएईमा सरेको भन्दै आयोजक बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।

यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलङ्का रहेका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected