२८ माघ २०८२, बुधबार
प्रदेस समाचार समाज सुदूरपश्चिम

अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

७ साउन, धनगढी । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनी पञ्चदेवल विनायक नगरपालिका-६ का स्थायी बासिन्दा हुन् ।  दुर्घटनामा परेर ट्र्याक्टरमा सवार अन्य ३३ जना घाइते छन् ।

उनीहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

ट्र्याक्टर ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व