२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

साफ यु-२० च्याम्पियनसिप : नेपालको विजयी सुरूवात

२ भदाै, काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।

पहिलो हाफको ईन्जुरी टाईमको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिवर जियारथ शेखले बचाएका थिए ।

दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए ।

खेलको ईन्जूरि टाईमको पहिलो मिनेटमा नेपालका निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।

त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागित छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल पुग्नेछन् ।

च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected