२९ माघ २०८२, बिहीबार
खेलकुद

अमेरिका र जापानको शानदार सुरुवात, इंगल्याण्डको कमजोर प्रदर्शन

६ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा अमेरिका, इंगल्याण्ड, जापान र डेनमार्कले सुखद सुरुवात गरेका छन् ।

लगातार तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा रहेको अमेरिकाले आफ्नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेलेको भियतनाम प्रतिद्वन्द्वी पाएको थियो । शनिबार भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोल अन्तरले हरायो ।

चार पटकको विश्व विजेतासमेत रहेको अमेरिकाका लागि साफिया स्मिथले पहिलो हाफमा दुई गोल गरिन् । स्मिथ पहिलो पटक विश्वकप खेलिरहेका अमेरिकी टोलीका १४ सदस्यमध्ये एक हुन् । १४औं मिनेटमा अमेरिकाका लागि खाता खोलेकी उनले पहिलो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरेकी थिइन् ।

खेलको ७७औं मिनेटमा कप्तान लिड्से होरानले गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरिन् । जितसँगै समूह ईमा रहेको अमेरिका ३ अंकसहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा इंग्ल्याण्डले हइटीलाई १–० ले हराएको छ । पहिलो पटक विश्वकप खेलिरहेको हइटीविरुद्ध इंग्ल्याण्डको प्रदर्शन सन्तोषजनक थिएन । २९औं मिनेटमा जर्जिया स्टेनवेले गरेको पेनाल्टी गोल नै उसको जितमा निर्णायक बन्यो ।

जापानले भने शानदार जित निकालेको छ । उसले पहिलो पटक विश्वकप खेलिरहेको जम्बियामाथि ५–० को जित निकालेको छ । उसका लागि हिनाटा मियाजावाले दुई गोल गर्दा मिना टनाका, जान इन्डो र रिको युएकीले एकएक गोल गरिन् ।

अर्को खेलमा १६ वर्षपछि महिला विश्वकपमा फर्किएको डेनमार्कले चीनमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । उसका लागि निर्धारित ९० मिनेट सकिन एक मिनेट बाँकी छँदा अनालिया भान्सगार्डले गोल गरेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम