७ पुष २०८२, सोमबार
राजनीति समाज

सुन तस्करीमा पक्राउ परेका ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप

५ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उच्च अदालतल पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार यस्तो अनुमति दिएको हो ।

मंगलबार, बुधबार र बिहीबार गरेर विभागले सुन तस्करी प्रकरणमा १० जनालाई नियन्त्रणमा लिएको थियो । अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

बिहीबार अबेरसम्म पक्राउ परेकालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

शुक्रबार म्याद थप गरिएका आरोपितहरुमा सुन तस्करी गिरोहका नाइके भनिएका चिनियाँ नागरिक जीक्वाङ लिन, सुनसहितको सामग्री ल्याउने कार्गो ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकहरु कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व