२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

३० साउन, काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न  गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ ।

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो । यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ ।

समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ । थप दुई जनाको बयान लिने क्रम जारी छ ।

समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ ।

सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने बताइएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।