२ फाल्गुन २०८२, शनिबार
कर्पोरेट खेलकुद मुख्‍य समाचार समाचार

केएमसी टीयु बीसीए फुटसल प्रतियोगिता ३१ साउनदेखि, २४ बढी टिम सहभागी हुने

२९ साउन, काठमाडौं । काठमाडौं मोडेल कलेजको आयोजनामा केएमसी टीयु बीसीए फुटसल कप–२०८१ आयोजना हुने भएको छ ।

३१ र ३२ साउनमा आयोजना हुने प्रतियोगितामा २४ भन्दा बढी कलेजका टिमहरू सहभागी हुने कलेजले जनाएको छ ।

प्रतियोगिताले नेपालभरिका बीसीए विद्यार्थीको उत्साह र खेलप्रतिको लगावलाई झल्काउने विश्वास कलेजको छ ।

यो प्रतियोगिताको मुख्य उद्देश्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बीसीए विद्यार्थीमा खेलप्रतिको रुचि, जोश, र समर्पणलाई प्रोत्साहन गर्नु रहेको कलेजले जनाएको छ ।

प्रतियोगितामा विजेता हुने टिमले ७० हजार रुपैयाँ नगद , ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्ने कलेजले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई समान २ हजार रुपैयाँ नगद र ट्रफी पाउने छन् ।

प्रतियोगितामा खेल भावना प्रदर्शन गर्ने टिमलाई ‘सर्वोत्तम खेल भावना टिम’ को रूपमा सम्मान गरिने कलेजले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected