१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

एएफसी च्यालेन्ज लिग : प्लेअफका लागि चर्च ब्वाइज र पारो तयार

२८ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफमा मंगलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि चर्च ब्वाइजले पहिलो पटक महादेशीय क्लब प्रतियोगिता खेल्दैछ भने भुटानको पारो दोस्रो पटक नेपाल आएर खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता च्यलेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्ने भएकाले दुवै टोली नतिजा आफ्नो पक्षमा ल्याउने योजनामा छन् ।

चर्च ब्वाइजको भर नेपाली खेलाडी

यही खेलका लागि भनेर चर्च ब्वाइजले साउन १ गतेदेखि तयारी गरिरहेको छ । गत वर्षको लिग बिजेता चर्च ब्वाइजले अनन्त तामाङको कप्तानीमा नेपालमा उपलब्ध अन्य क्लबका खेलाडीहरु पनि ल्याएर टिम बनाएको छ ।

चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेन्ज लिग प्लेअफका लागि आफ्नो टोली तयार रहेको बताएका छन् । ‘हाम्रो लगभग तयारी पूरा भएको छ । ३ साता भन्दा बढी प्रशिक्षण गर्‍यौँ । दशरथ रंगशालमा ६-७ महिनापछि खेल हुँदैछ । छोटो समय भएपनि अनन्तको कप्तानीमा टोली सन्तुलित छ ।’

चर्च ब्वाइजले तयारीस्वरुप त्रिभुवन आर्मी एफसी र यू-२० राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । महर्जनले घरेलु मैदानमा राम्रो नतिजा ल्याउने दावी गरे । ‘घरेलु मैदानमा घरेलु दर्शकलाई राम्रै नतिजाको आशा छ’, महर्जनले सोमबार प्रिम्याच कन्फ्रेन्समा भने, ‘योजनाअनुसार शतप्रतिशत दिएमा नतिजा आउन सक्छ ।’

यस्तै कप्तान अनन्त तामाङले पनि टिम तयार रहेको बताए । ‘विगत एक महिनादेखि प्रशिक्षण गरिरहेका छौँ । टिम फिजिकल्ली र मेन्टली रुपमा तयार छ’, तामाङले भने, ‘फरक फरक क्लबबाट आएको खेलाडी भएपनि राष्ट्रिय टिममा सँगै खेलेको अनुभव छ । छोटो समय भएपनि टिममा सुधार आएको छ । भोलि राम्रो प्रदर्शन गर्नेछौँ ।’

दशरथ रंगशालामा खेल्ने भएपनि चर्च ब्वाइजले त्यहाँ प्रशिक्षण गर्न पाएको छैन । एन्फा कम्प्लेक्सको टर्फमा प्रशिक्षण गरेर दशरथ रंगशालामा खेल्दा केही कठिन हुने प्रशिक्षक महर्जन बताउँछन् ।

‘दशरथ रंगशाला प्रशिक्षण गर्न नपाउँदा निराश त छौँ । तर हामीसँग विकल्प छैन । त्यसैमा एडजस्ट गर्नुपर्‍यो । अब आयोजक भएकाले कन्सिडर गर्नुपर्‍यो’, महर्जनले भने ।

चर्च ब्वाइजमा यस पटक ३ जना विदेशी खेलाडी छन् । चर्च ब्वाइजले नेपाली खेलाडीमा विश्वास गरेको छ र राम्रो नतिजा ल्याउने आशा राखेको छ ।

भुटानको पारोमा भने ११ जना विदेशी खेलाडी छन् । जसले गर्दा पारो भुटानी टिम कुनै विदेशी टिम जस्तै देखिन्छ । यस पटक एएफसीले च्यालेन्ज लिगमा विदेशी खेलाडीको कोटा असिमित बनाउँदा पारोले ५ जापानीसहित ११ विदेशी खेलाडी राखेको हो ।

यसले उनीहरुलाई फाइदा पुग्ने महर्जनले बताए । ‘विदेशी खेलाडी असीमित हुँदा जसले लगानी गर्छ उसलाई फाइदा हुने देखिन्छ । विदेशी खेलाडीको कोटा तोकिएको भए राम्रो हुन्थ्यो’, महर्जनले भने, ‘पारोमा जापानको ५ र अरु देशबाट ६ भएपनि डराउनुपर्ने अवस्था छैन । उनीहरु फिजिकल्ली फिट छन् । लिगमा टपमा छन् । हाम्रो विदेशी धेरै छैन । तर आवश्यक पोजिसनमा विदेशी राखेका छौँ ।’

विदेशी खेलाडीले बलियो पारो एफसी

यस पटक पारो एफसी विगतमा भन्दा बलियो बनेर आएको छ । त्यसको केन्द्रमा विश्वकप खेलिसकेका जापानी स्टार फुटबलर केसुके होन्डा छन् । होन्डासहित जापनबाट ५ तथा सर्वियाबाट २ घानाबाट ३ तथा मोन्टेनेग्रोबाट १ खेलाडी विदेशका छन् ।

पारोमा प्रशिक्षक पुष्पलाल शर्माले टिम कम्बिनेसन राम्रो रहेको बताए । शर्माले प्रिम्याच कन्फ्रेन्समा भने, ‘यस पटक हाम्रो तयारी राम्रो छ । टिम बन्डिङ पनि राम्रो छ । केसुके बाहेक सबै खेलाडी एक हप्तादेखि नै सँगै छन् ।’

उनले यस पटक राम्रो नतिजा ल्याउने गरी टोली आएको बताए । ‘चर्च ब्वाइजसँगको खेलका लागि हाम्रो तयारी राम्रो छ । गत वर्ष मछिन्द्रसँग ३-२ ले पराजित भएको थियौँ । यस पटक योजना अनुसार खेलेर राम्रो नतिजा ल्याउने लक्ष्य छ ।’

पारोका कप्तान किनले वाङ्चुकले पनि दोस्रो पटक नेपाल आएर खेल्न लागेको र टिम तयार रहेको बताए । ‘हामी खेलका लागि शतप्रतिशत तयार छौँ । पहिले भन्दा राम्रो नतिजा आउनेछ ।’

आइतबार प्रशिक्षणपछि पारोका जापानी खेलाडी केसुके होन्डाले दशरथ रंगशालाको अवस्था एकदमै खराब रहेको भन्दै टिकटकमा पोस्ट गरेका थिए । यसले ठूलो चर्चा पाएको थियो । प्रशिक्षक शर्माले पनि मैदानको अवस्था राम्रो नभएको गुनसो गरे । ‘टिममा वर्ल्ड क्लास प्लेअर भएपनि पिचको कन्डिसनले नतिजामा धेरै असर गर्न सक्छ’, उनले भने ।

पारो टिममा होन्डासँगै नेपालमा खेलिसकेका घानाका फरवार्ड विलियम ओपोकु पनि अनुभवी खेलाडी हुन् ।

तर प्रशिक्षक शर्माले खेलाडीको क्षमता भन्दा पनि टिम कम्बिनेसन महत्वपूर्ण हुने बताए । ‘टिम कम्बिनेसन महत्वपूर्ण हुन्छ । होन्डा वर्ल्ड क्लास प्लेअर हो । ओपोकुले पनि नेपालमा खेलिसकेको छ । धेरै अनुभव छ उनीहरुसँग । मोटिभेसन महत्वपूर्ण कुरा हो’, उनले भने ।

प्रशिक्षक शर्माले नेपाल र भुटान नजिकको साथी भएकाले नेपाली खेलाडी र प्रशिक्षकबारे पनि जानकार रहेको बताए । ‘चर्च ब्वाइज राष्ट्रिय टिम जस्तै छ । खेलाडीहरुबारे हामीले व्यक्तिगत रुपमा पनि बुझ्ने प्रयास गरिरहेका छौँ’, शर्माले भने, ‘बालगोपाल नेपालको सफल कोच हुन् । उनको हो रणनीति बुझ्ने प्रयासमा छौँ ।’

शर्माले चर्च ब्वाइजमा रहेका राष्ट्रिय टिमका खेलाडीहरु आफ्नो टिमको लागि खतरा बन्न सक्ने बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected