१८ कार्तिक २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

ओलम्पिकको स्वर्ण पदकमा चीन शीर्ष स्थानमा

२७ साउन,  काठमाडौं । फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ । अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ ।

शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३–३३ स्वर्ण जितेका थिए । स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ नै कास्यसहित १२२ पदक जितेको छ ।

चीनले भने ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ । स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ ।

आयोजक फ्रान्सले १६ स्वर्ण जितेको छ भने यूकेले १४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३–१३ स्वर्ण जितेका छन् । जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected