राताे कागज सवाददाता
9 महिना अघि

२६ साउन, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबल तर्फ स्प्पेनले स्वर्णपदक हासिल गरेको छ ।
ओलम्पिक आयोजक फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै स्पेनले स्वर्ण आफ्नो बनाएको हो । १९९२ पछि स्वर्ण जित्ने क्रममा स्पेनले अतिरिक्त समय कुर्नु परेको थियो ।
खेलको निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो ।
पछिल्लो समय स्पेनले फुटबलमा आफूलाई विश्वकै उत्कृष्ट टिम भएको नतिजाद्वारा सन्देश दिइरहेको छ । पछिल्लो समय स्पेनले युरो २०२४ पनि जितेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया