३ फाल्गुन २०८२, आईतवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

२७ वर्षपछि भारतविरुद्ध श्रीलंकाले जित्यो ओडिआई सिरिज

२३ साउन, काठमाडौं । पछिल्लो समय अनेक उतारचढाव झेलिरहेको श्रीलंकन क्रिकेटले बुधबार खुशी भित्राएको छ । २७ वर्षपछि श्रीलंकाले भारतविरुद्धको एकदिवसिय सिरिज जिते हात पारेको छ ।

बुधबार भएको खेलमा भारतमाथि एक १० रनको सानदार जित हात पार्दै श्रीलंकाले तीन खेलको सिरिज २–० ले जितेको हो । सन् १९९७ देखि श्रीलंकाले भारतविरुद्ध एकदिवसिय सिरिज जित्न सकेको थिएन । श्रीलंकामा जारी सिरिज अन्र्तगत दुई देशबीचको पहिलो एकदिवसिय खेल टाई भएकोमा दोस्रो र तेस्रो खेलमा श्रीलंका विजयी भएको हो ।

बुधबारको खेलमा टस जितेर सुरुमा ब्याटीङ गरेको श्रीलंकाले २४८ रन बनाएको थियो । जवाफी ब्याटीङमा भारत २६.१ ओभरमा एक सय ३८ रनमै अलआउट हुन पुग्यो । श्रीलंकन स्पीनरसँग भारतीय ब्याट्सम्यान निरिह बन्न पुगे ।

यो हार भारतीय टिमका नयाँ कोच गौतम गम्भीरका लागि पनि धक्का लागेको छ । यद्यपी टी–२० सिरिज भने भारतले ३–० ले जितेको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected