१२ पुष २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाज

काभा वुमन्स लिगमा नेपाल इरानसँग पराजित

२१ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । घरेलु टिम नेपाललाई इरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो ।

पहिलो, तेस्रो र पाँचौं सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो । नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो । नेपालले ४–० को अग्रतासहित सुरु गरेको दोस्रो सेट २५–१६ ले जित्यो ।

तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिँदा इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो । उक्त सेट इरानले २५–२३ ले जित्यो । चौथो सेट नेपालले  २५–१५ ले  जित्यो । पाँचौं सेटमा १५–१३ ले इरानले जितेको हो ।

यसअघि नेपालले  श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको इरानले  दोस्रो खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको यो भने पहिलो हार हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected