७ पुष २०८२, सोमबार
राजनीति

प्रधानमन्त्री पुष्पकमल प्रचण्ड इटली जाने

३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् ।

प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्ड साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने र एक हप्तापछि फर्किने स्रोतले जनायो ।

बुधबारको मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।