२९ माघ २०८२, बिहीबार
खेलकुद

नेपाली महिला फुटबल टिमलाई युनिलिभरको प्रायोजन, वर्षमा २५ लाख दिने

२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार युनिलिभरसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको छ ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार युनिलिभरले नेपाली महिला टिमलाई वर्षमा २५ लाख रुपैयाँ दिनेछ ।

युवा तथा खेलकुद मन्त्री लिम्बुले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएको बताए । नेपाली महिला टोलीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेको भन्दै मन्त्री लिम्बुले प्रशंसा गरे । नेपाली खेलाडीले सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन गरेको उनले बताए ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यस सम्झौताले महिला सशक्तिकरणमा सहयोग गर्ने र भविष्यमा फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला दिने बताइन् ।

एन्फा अध्यक्ष नेम्वाङले सम्झौतालाई ऐतिहासिक भन्दै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने बताए । ‘एन्फाले महिला र पुरुष फुटबल टिमलाई समान सुविधा (मासिक रकम) प्रदान गर्दै आएका छौं’, उनले भने ।

नेम्वाङले महिला फुटबलको विकासमा एन्फाले योजना बनाएर अघि बढेको र मिसन महिला विश्वकप अभियान २०२७/२०३१ सुरु गरिसकेको बताए । ‘यो सम्झौताले नेपाली महिला फुटबलमा नयाँ अध्यायको सुरुवात भएको छ । नेपालको महिला विश्वकप खेल्ने लक्ष्यमा पनि यसले सहयोग गर्नेछ’ उनले भने ।

नेपाली महिला टिमले भर्खरै बंगलादेश विरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ र आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९ औं एसियन गेम्सको तयारीमा छ ।

युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो सम्झौताले सहयोग पुग्ने बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected