३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिकः प्रिन्सको लगातार दोश्रो हार

साउन १५, पेरिस । नेपालकाप्रिन्स दाहाल पेरिस ओलम्पिक२०२४ को ब्याडमिन्टनमा मंगलबार पराजितभएका छन् ।

फ्रान्सको पेरिसस्थितलाचापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमाविश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हातगुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे ।

गुयेनलाई नतिजाआफ्नो पक्षमापार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७मिनेटमा आफ्नो पक्षमापारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे ।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोश्रो सेटमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोश्रो सेटमा १७अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिताहो । उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए ।

विश्व वरीयतामा १सय७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोश्रो हार हो । समूह चरणको पहिलो खेलमापूर्व जुनियर नम्बर वानप्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए ।
समूह चरणको अन्तिम खेलमाप्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसाजिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी छन् ।

ओलम्पिकमा ब्याडमिन्टन नेपालकालागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भागलिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected