१० पुष २०८२, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

१४ साउन, दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०-८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।

अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । अस्पतालमा तनहुँका अतिरिक्त छिमेकी लमजुङका बासिन्दाले स्वास्थ्य सेवा लिएको डा बरालको भनाइ छ ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९-८० मा अस्पतालले ७३ हजार दुई सय ५३ लाई सेवा दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ६४ हजार पाँच सय ९४ लाई सेवा दिएको थियो ।

अस्पतालले सोही अवधिमा ३० हजार छ सय ५३ जनालाई प्रयोगशाला सेवा दिएको छ । त्यस्तै दुई हजार नौ सय ५९ जनालाई सर्जिकल सेवा प्रदान गरिएको बरालले जानकारी दिनुभयो । दुई सय ९८ जनालाई सामान्य प्रसुती सेवा र १९ जनालाई शल्यक्रिया प्रसूति सेवा दिइएको बरालको भनाइ छ । डा बरालले भने, “बढ्दो शहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”

अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । अस्पतालमा ३१ डाक्टर, ३६ स्टाफ नर्स, छ प्रयोगशालाका कर्मचारी, सात प्रशासनका कर्मचारी, १३ अन्य प्रविधिक र २२ सहायक कार्यरत छन् ।

पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई अब ५० देखि एक सयसम्म शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको डा बरालको भनाइ छ । त्यस्तै अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरका रुपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको बरालले बताए ।

अस्पतालको स्तरोन्नतिका लागि जग्गा प्राप्ति बाधक बनिरहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । जग्गा प्राप्ति गर्न सकिए अस्पताल स्तरोन्नति हुने भए पनि जग्गाको अभावमा अस्पतालको स्तरोन्नति रोकिएको उनको भनाइ छ । उनले भने, “अस्पताल स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइसकेका छौँ, तर पहलले सार्थक रुप पाउन सकेको छैन ।”

गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताउनुभयो । अन्य केही जिल्लामा जग्गा प्राप्ति भएसँगै भवन निर्माणको काम अगाडि बढे पनि दमौली अस्पतालको मुख्य समस्या भनेकै जग्गा प्राप्ति नहुनु भएको उनको भनाइ थियो । उनले भने, “प्रदेश सरकार दमौली अस्पतालको स्तरोन्नतिका लागि गम्भीर छ, सङ्घ सरकारसँग समन्वय गरेर यसको स्तरोन्नतिका कदम अगाडि बढाउनुपर्नेछ ।”

अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्यधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेका छन् ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’