२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह

१४ साउन, काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतीगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताएका छन् ।

तीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस् एसोसिएसनद्वारा सोमबार यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको उल्लेख गरे । व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घच घच्याउनसमेत उनले आग्रह गरे ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गर्नुभएका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्स लगायतका संस्था तथा व्यक्तिलाई सम्मान गरे ।

कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकाशोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकार त्यसतर्फ हुनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले कार्गो व्यवसायलाई विभिन्न अव्यवहारिक करले दुखः दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाइ निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमावलीमा समयनुकूल परिवर्तन गर्नुपर्ने बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।