३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा

१३ साउन, पेरिस । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहेकी छिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन् ।

शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् । पेरिसदेखि स्थल मार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कुल ६५४ अंकमा ६०७.८ अंक जोडिन् ।

सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोश्रोमा १०१.७, तेश्रोमा १००.७, चौथोमा ९९.९, पाँचौंमा १०२.२ र छैटौंमा ९८.२ अंक जोडिन् । शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले सुस्मिताको चुनौती समाप्त भएको छ ।

यो स्पर्धामा सुस्मिताकै नाममा कुल ६५४ अंकमा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ । उक्त कीर्तिमान सुस्मिताले नेपालमै भएको चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा बनाएकी थिइन् ।

दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित ८ जना फाइनलमा प्रवेश गरेका छन् । फाइनल पुग्ने अन्य खेलाडीमा नोर्वेकी हेग जिनेट, स्विटजरल्यान्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सका ओसिएने मुलर रहेका छन् । फाइनल सोमबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected