२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

दुई ठूला दल मिल्नुपर्छ भन्ने एजेन्डा सुरुदेखि मैंले नै उठाएको हुँः डा.कोइराला

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था सिर्जना गर्न, लगानी गर्ने वातावरण बनाउन र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको बताएका हुन् । हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाई थियो ।

कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सँधै साना–साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि  संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने बिषयलाई उठाएको हुँ ।’

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएको भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घरसम्म लैजाने बताए । ‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ ’ कोइरालाले भने ।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा कोइरालाले निरंकुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए ।

कोइरालाले भने, ‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पुर्ण नेपालीहरुले  पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु । ’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।