६ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

सहकारीका विषयमा राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

१३ साउन, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा बिभिन्न राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव लिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव दिएको सभापति भापति सूर्य थापाले जानकारी दिए ।

उनले भने,‘अहिलेको सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा संसदले हामीलाई प्रदान गरेको कार्यदेशमा आधारित भएर सुझाव दिन लिखितद्धारा पत्रचार गरेका थियौं । आज एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बैठकमा लिखित रुपमा सुझाव हस्तानतरण गर्नुभएको छ । अन्य केही दलले पनि मौखिक तथा लिखित सुझाव दिनुभएको छ ।’

उनले आजै चाटर्ड एकाउन्टेन्टसम्बन्धी संस्थाका प्रतिनिधिसँग छलफल गरेको पनि उनले जानकारी दिए । सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने उनको विश्वास छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।