९ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

उपेन्द्र यादव फिलिपिन्स जाने

१३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् ।
एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् ।

भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् । अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

त्यसैगरी अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उदघाटन सत्रमा सहभागी हुनेछन् ।
जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको छ ।अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।