१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार

मकवानपुर जिल्ला लिग फुटबल भदौ ७ गतेबाट

१३ साउन, हेटौँडा ।  मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताको भदौ ७ गतेबाट गर्ने निर्णय गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०।८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले जिल्ला लिग प्रतियोगितामा सहभागिता जनाउने महासचिव सुवेदीले बताए । प्रतियोगितामा २८ वटा क्लबबाट ३५ बर्ष भन्दा कम उमेर समूहका खेलाडीहरु सहभागी हुन पाउने उनले बताए ।

बैठकले प्रतियोगिता दुईवटा खेलमैदानमा खेलाउने निर्णय गरेको छ । हेटौंडा–११, थानाभ¥याङस्थित खेलमैदान र हेटौँडा–६ स्थित गौरिटार रंगशाला र हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामध्ये दुई वटा खेलमैदानमा लिगका खेलहरु खेलाइने महासचिव सुवेदीले बताए ।

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । २०७६ सालको कोरोनापछि हालसम्म जिल्ला लिग आयोजना हुन सकेको छैन । त्यसलाई एन्फा मकवानपुरले निरन्तरता दिन लागेको हो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यसअघि भएको मकवानपुर जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो ।

प्रतियोगिताको खेल तालिका केही दिनमा सार्वजानिक गरिने जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected