१८ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाज

प्रिन्स विश्व वरीयताका शीर्ष २ का भिक्टरसंग पराजित

साउन १३, काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे ।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन् ।

प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसंग खेल्ने छन् । विश्व वरीयतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन् ।

नेपालमा भएको १३ औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्व जुनियर विश्व नम्बर वान खेलाडी हुन् । २ पटकका ओलम्पिक च्याम्पियन, ५ पटकका विश्व च्याम्पियन तथा ६ पटकका अल इङल्यान्ड च्याम्पियन चीनका लिन डानलाई आफ्नो ‘हिरो’ मान्ने बायाँ हाते प्रिन्सले ७ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका थिए । प्रिन्सको लक्ष्य सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो ।

जापानमा १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन सुरु गरेएता ब्याडमिन्टनमा नेपालले पहिलो पटक भाग लिएको हो । प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रुपमा सहयोग गरिरहेका छन् ।

डेनमार्कमा जन्मिएका भिक्टर दुबईमा बस्छन् । उनी टोकियो ओलम्पिक– २०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक २०१६ का कांस्य विजेता हुन् । २ पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बीडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले ६ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected