३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाज

पेरिस ओलम्पिक : टेबलटेनिसमा श्यान्टु पराजित

साउन १३, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ शनिबार पराजित भएका छन् ।

साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे ।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो । पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएका थिए ।

चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते । पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए । बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे । हारसंगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन् ।

चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद ९साग० को एकै संस्करण मा ४ पदक जित्ने खेलाडी हुन् । नेपालमा भएको १३ औं सागमा श्यान्टुले टिम इभेन्टमा रजत तथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए ।

पेरिस ओलम्पिकमा नेपालबाट सहभागी ७ खेलाडी मध्ये श्यान्टु छनोट चरण पार गरेर खेल्ने एकलो खेलाडी हुन् । समग्रमा भने श्यान्टु छनोट हुँदै ओलम्पिक खेल्ने तेश्रो नेपाली खेलाडी हुन् ।

यसअघि छनोट चरण पार गर्दै संगीना वैद्यले २००४ को एथेन्स ओलम्पिक तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । दुवै तेक्वान्दोका हुन् ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पास्टमा श्यान्टुले जुडोकी मनीता श्रेष्ठ प्रधानसंगै राष्ट्रिय झण्डा बोकेका थिए । नेपालले टेबलटनिसमा पहिलोपटक ओलम्पिकमा सहभागी जनाएको हो ।

विगत २ वर्ष एता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका श्यान्टुले ओलम्पिकको तयारी पनि अस्ट्रेलियामै गरेका थिए । ओलम्पिकमा सहभागी हुन अस्ट्रेलियाबाट पेरिस आएका उनी पेरिसबाटै अस्ट्रेलिया जाने छन् ।

श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुले सक्दो राम्रो खेलेको प्रतिक्रिया दिदै प्रतिद्वन्द्वी धेरै राम्रो भएकाले हार व्यहोर्नु परेको बताए ।

‘श्यान्टुले सक्दो राम्रो खेलेका हुन् । प्रतिद्वन्द्वी धैरे राम्रो खेलाडी हो । इब्राहिमको फोरह्यान्ड र ब्याकह्यान्ड पावर ड्राइभ एकदमै राम्रो थियो । हामीले शत हानेको बललाई इब्राहिमले रोक्ने होइन कि उल्टै हानी रहेका हुन्थे ।’ टेबलटेनिसका मुख्य प्रशिक्षक समेत रहेका कपालीले भने– ‘पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि थिए । त्यो सेट जितेको भए प्रतिद्वन्द्वीमाथि राम्रै दबाब कायम गर्न सकिन्थ्यो ।’

खेलपछि श्यान्टुले सोचे भन्दा फरक भएको भन्दै प्रतिद्वन्द्वी आफू भन्दा धेरै माथिल्लो स्तरका खेलाडी भएको बताए ।

‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४–० को नतिजा मैले सोचेको नतिजा भने होइन । ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस पनि भए ।

दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ । तर, ओलम्पिक सोचे भन्दा फरक हुँदो रहेछ ।’– २४ वर्षीय श्यान्टुले भने ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected