३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि

११ साउन, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने अनुमान गरिएको छ ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सेइन नदी छेउछाउ पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

फ्रान्सको मौसम विज्ञान विभाग, मेटियो फ्रान्सले शुक्रबार पानी पर्ने भविष्यवाणी गरेको छ । दिउँसो मौसम सफा हुने भएपनि उद्घाटन कार्यक्रम हुने भएकाले साँझ फेरि पानी पर्ने सम्भावना छ । तर पानी परे पनि उद्घाटन कार्यक्रम निर्धारित समयमै हुनेछ ।

पेरिस ओलम्पिकमा एक सय २८ वर्ष पुरानो कीर्तिमान तोडिन लागेको छ ।  ओलम्पिक इतिहासमा एक सय २८ वर्षदेखि उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेको छ ।

पेरिसमा पहिलो पटक उद्घाटन समारोह रंगशालामा नभई नदीको किनारमा हुन लागेको हो । आधुनिक ओलम्पिक १८९६ मा सुरु भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो ।

सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन् । तर पेरिस ओलम्पिकमा, सहभागी १० हजार पाँच खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन् ।

यस अवधिमा सेन नदीको किनारमा सयौं दर्शकहरू उपस्थित हुनेछन् । यी सबै बाहेक धेरै ठूला सेलिब्रेटीहरू त्यहाँ प्रदर्शन गर्ने छन् ।

ओलम्पिकको उद्घाटन समारोहमा चर्चित गायिका लेडी गागा र सेलिन डियोन पनि प्रस्तुति दिनेछन् । पेरिस ओलम्पिकमा नेपालमा ४ खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

टेबलटेनिसका स्यान्टुले मात्र छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा अरुले बाँकी ६ खेलाडीले वाइल्ड कार्डमाफर्त ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected