३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

एसिया कपको सेमिफाइनल समिकरण पूरा

१० साउन, काठमाडौं । एसीसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुधवार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो ।

समूह एबाट भारत र पाकिस्तानले  सेमिफाइनलमा स्थान बनाउँदा समूह बीबाट श्रीलंका र बंगलादेशले स्थान पक्का गरेका छन् ।

बुधवार भएको पहिलो खेलमा बंगलादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्दा दोस्रो खेलमा श्रीलंकाले थाइल्याण्डमाथि १० विकेटको एकतर्फी जित निकालेको हो ।

समूह चरणका खेल सकिएपछि प्रतियोगिताका दुवै सेमिफाइनल खेल शुक्रबार जुलाई २६ मा हुनेछन् । पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन् ।

समूह ‘ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा छ भने समूह ‘बी’ बाट श्रीलंका सबै खेल जितेर शीर्ष स्थानमा छ ।

बंगलादेश र पाकिस्तानले भने समूह खेलमा क्रमशः श्रीलंका र भारतसँग पराजित भएका छन् ।

त्यसैले सेमिफाइनलमा समूह ‘ए’ को शीर्ष टोलीले समूह ‘बी’ को दोस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । जसमा भारत र बंगलादेशबीचको खेल हुनेछ । अर्कोतर्फ समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको श्रीलंकाले समूह ‘ए’ मा दोस्रो स्थानमा रहेको पाकिस्तानसँग खेल्नेछ ।

सेमिफाइनलको पहिलो खेलमा शुक्रबार दिउँसो सवा २ बजे भारत र बंगलादेश भिड्ने छन् भने सोही साँझ सवा ७ बजे श्रीलंका र पाकिस्तान आमने सामने हुने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected