२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

संसदीय सुनुवाइमा निर्वाचन आयोगका प्रस्तावित आयुक्त प्रधानको गोप्य सुनुवाइ

९ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रुपमा सुनुवाइ गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । प्रधानले आफ्नो भावी योजना सम्बन्धि अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेपछि सवाल जवाफ सुरु भएको थियो,तर सवाल जवाफमा पत्रकारहरुलाई भने निकालिएको छ ।

सुरुमा पत्रकारहरुलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुती सुनाएपछि सवालजवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो । प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।