२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

पूर्वमन्त्री महतोको अभिव्यक्तिमा सभामुखको रुलिङको माग

साउन ८,काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन् ।

उनले भने, ‘यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा एक नाम पूर्व मन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो । गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।