१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

कोशी पश्चिम नहरको बाँधमा सडक कालोपत्र भइरहेको छः प्रधानमन्त्री ओली

७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिने जानकारी गराए ।

प्रधानमन्त्री ओलीले उदयपुरको गाईघाटबाट भारतीय सिमानासम्मको सडक निर्माणको सन्दर्भमा पूर्वतयारीका काम सम्पन्न भई गत आर्थिक वर्ष २०८०/८१ मा स्रोत सहमति माग भएकामा आर्थिक अभावका कारण अगाडि बढाउन नसकिएकाले चालु आर्थिक वर्षमा उक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताए ।

नेपाल र भारतबाट संयुक्त रूपमा कोशी उच्च बाँधसँगै सुनकोशी कमला डाइभर्सन अध्ययनको चरणमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले अध्ययन सम्पन्न भएपछि यसको कार्यान्वयन अगाडि बढाइने उल्लेख गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।