२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

सरकारलाई असफल हुने कुनै छुट छैन् : प्रमुख सचेतक बर्तौला

७ साउन, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढंगबाट अगाडि बढ्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु भएपनि सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘चुनौतीका धेरै ठूला अग्ला अग्ला पहाडहरु छन् । यात्राका क्रममा विभिन्न बाधाहरु आउँन सक्छन् । तर सक्षम, दुरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढंगले अगाडि बढेने छ । सफल ढंगबाट यो अगाडि बढ्छ ।’

उनले सरकार सफल ढंगबाट अगाडि बढ्ने सिंगो देशको अपेक्षा रहेको कारण  सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए ।

उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन् । त्यसकारण सफल ढंगबाट अगाडि बढ्ने छ भनेर सिंगो देश बासिले अपेक्षा राखेका छन् ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।