२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

रास्वपा र नेकपा एसले  ओलीलाई विश्वासको मत नदिने

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूका लागि ह्विप जारी गरेको छ ।

रास्वपा संसदीय दलको आइतबारको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गरेको हो ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । संसदमा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न समाजवादीले आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।

विश्वासको मत नदिए पनि प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने सो पार्टीको निर्णय छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार १ बजे बस्ने बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने कार्यसूची रहेको छ । कांग्रेस र एमालेको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका हुन् ।

असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेस गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।