९ पुष २०८२, बुधबार
अर्थ समाज

सुनचाँदीको मूल्य घट्यो

६ साउन, काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ८ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।

 

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने