२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

ओलीले लिए प्रधानमन्त्रीको पदभार

३१ असार , काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन् ।

त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए ।

ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका हुन् । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेका थिए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व