१७ मंसिर २०८२, बुधबार
समाज

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

२४ असार, चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

उनले इच्छाकामना गाउँपालिका –५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सवारीसाधनलाई एकतर्फि गरिएको पनि बताए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे ।

यस सडकखण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । रासस

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व