१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

स्पेनले जित्यो युरो कप २०२४ को उपाधि

३१ असार , काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ ।

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

फाइनल खेलमा दुबै टोलीले पहिलो हाफ गोलरहित बराबरी सकाएका थियो । तर, दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए ।

तर, त्यो अग्रता स्पेनले जोगाउन सकेन । ७३औं मिनेटमा जुड बेलिङ्घमले दिएको ब्याक पासमा कोल पाल्मरले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए ।

तर, स्पेनले ८६औं मिनेटमा २–१ को अग्रता बनायो । काइल वाकरलाई बिट गर्दै मार्क कुकुरेलाले दिएको पासमा माइकल ओयारजाबलले गोल गर्दै स्पेनलाई २–१ को जित दिलउँदै उपाधि रक्षा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।

स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।

उता, इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected