२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाज

छ परिवारलाई सुरक्षित स्थानमा सारियो

२८ असार , म्याग्दी । पहिराको उच्च जोखिममा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका छ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको बताउँदै अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले अन्य परिवारलाई आफन्त तथा अन्यत्र रहेका उहाँहरूकै घरगोठमा सारिएको जानकारी दिए । उनका अनुसार चक्रबहादुर बरुवाल, दुर्गाबहादुर बरुवाल, गणेश खड्का, रगुन खड्का, मनबहादुर बरुवाल र नेत्रबहादुर खड्काको परिवार विस्थापित भएका हुन् ।

सामान्य जोखिममा रहेका दुई परिवारलाई सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । उनका अनुसार घारखोलाको आउटलेटको दुई किलोमिटर वरपरको क्षेत्र धाँजा फाटेर खेतीयोग्य जमिन र बस्ती जोखिममा परेको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मीले घरका सामग्री सार्न सहयोग गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर घारखोलाको सुरुङ खन्ने क्रममा भएको कम्पन्नको असर अहिले देखिन थालेको स्थानीयले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व