१७ मंसिर २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

२८ असार , काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गरेएका छन् ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षति भएकोप्रति पूर्वप्रधानमन्त्री देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हून् । उनले युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतका कार्यमा सक्रियता साथ लाग्न आग्रह गरेएका छन् ।

बाढीपहिरोको जोखिम बढ्नसक्ने अवस्थालाई दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर त्यसको सामना गर्न आग्रह गर्दै तीनवटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीको कार्य गर्न सभापति देउवाले अनुरोध पनि गरेएका छन् ।

स्थानीय पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिँदै सभापति देउवाले पार्टीका साथीहरूलाई व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा काम गर्न आग्रह गरेएका छन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व