२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

२८ असार , हेटौंडा । लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दुरीको राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएका कारण हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पूर्णरुपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

ठूलो पहिरो भएका कारण तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

‘हामीले स्थानीय तह र सडक डिभिजनसँग सहकार्य गरेर बाटो खुलाउने प्रयास गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

प्रहरीले काठमाडौं आउजाउका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको बाटो प्रयोग गर्न आग्रह गरेको छ । उक्त बाटो पूर्णरुपमा सञ्चालनमा रहेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व