२५ आश्विन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२६ असार , काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । वुधवार विहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एक एक गोल गरे । अमेरिकाको न्युजर्सीमा भएको खेलमा अल्भारेजले २२ औं मिनेटमा रोड्रिगो जाभियरको पासमा गोल गर्दा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो ।

पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । ५१ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै अर्जेन्टिनाले केपा अमेरिकाको फाइनलमा स्थान बनाएको हो । यो सँगै अमेरिका कोपाको १६ औं उपाधि नजिक पुगेको छ भने समग्रमा ३० औं पटक फाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका जितेको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected