२६ आश्विन २०८२, आईतवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

युरोकप २०२४ को सेमिफाइनल समिकरण पुरा

२३ असार , काठमाडौं । इंग्ल्याण्ड जारी युरोकप २०२४को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो ।

७५ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रेल डोनाल्डले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर उक्त अग्रता स्वीट्जरल्याण्डले धेरै बेर टिकाउन सकेन ।

८० औं मिनेटमा डक्लन राइसको पासमा बकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबा निकालिएको हो ।

जसमा इंग्ल्याण्डका सबै खेलाडीले गोल गर्दा स्वीट्जरल्याण्डका म्यानुएल अकांजीले गरेको प्रहार विफल भएको थियो ।

स्वीट्जरल्याण्डका फावियन स्केचर, जेरदन शाकिरी, मोहमेद अमदुनीले भने गोल गरेका थिए ।

इंग्ल्याण्डका कोल पालमर, जुड बेलिङघम, बकायो साका, इभान टोनी र ट्रेन्ट आर्नोल्डको प्रहार गोलमा परिणत भयो ।

यस्तै, युरो कपको अर्को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । ३५ औं मिनेटमा टर्कीका लागि स्मेट एकेडिनले गोल गर्दै अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्याण्ड्सलाई बराबरीमा ल्याए । ७६ औं मिनेटमा नेदरल्याण्ड्सले उपहार गोल पायो ।

टर्कीका मेर्ट मुलडरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्याण्ड्स २–१ ले विजयी भयो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा टर्कीका ब्रेटु अगुरो रातो कार्ड पाउँदै मैदान छाडेर १० खेलाडीमा समेटिए पनि त्यसको असर खेलको नतिजामा परेन ।

शनिबार रातिको खेलसँगै युरोकपको  सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स आमने सामने हुने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected