१४ फाल्गुन २०८२, बिहीबार
समाज

विकासको तुफान आइसकेको छैन, आउन चाहिं सक्छ : प्रधानमन्त्री

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेटबारे भएको छलफलमा प्रधानमन्त्रीले जवाफ दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले विकासको तुफान आइसक्यो भने जसरी प्रस्तुत भएको विषयमा प्रश्न गरेका छन् ।

जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको बताए ।

आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिं सक्छ छिट्टै ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व