३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता

२० असार,  काठमाडौं । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ ।

बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो ।

विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि  बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो ।

भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् ।

भारतीय टिम विशेष उडान बिहान पौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो । खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने विहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।

कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी–२० विश्वकपको ट्रफी देखाएका थिए । भारतीय टिम अहिले होटेलमा पुगेको छ ।

आजै बिहान ११ बजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागी हुने छन् । उक्त परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् ।

०००

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected