२५ आश्विन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

कोष्टारिका कोपा अमेरिकाको समूह चरणबाटै विदा

१९ असार , काठमाडौं । कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमा विजयी भएको छ ।

बुधवार विहान भएको खेलमा पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोष्टारिकाले तालिकामा ४ अंक बनाए पनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिर पुग्यो ।

कोष्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एक गोल गर्दा पाराग्वेका रामोन सोसाले एक गोल फर्काए ।

टेक्ससमा भएको खेलमा कोष्टारिकाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । काल्भोले जोसेफ मोराको कर्नर पासमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए ।

सातौं मिनेटमा कोष्टारिकाले अग्रता दोब्बर बनायो । जेफरसन ब्रेनेसले बक्सबाहिरबाट दिएको पासमा जोसिमरले गोल गरेपछि सुरुमै २–० को अग्रता लियो ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको कोष्टारिकाले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोल खान पुग्यो ।

५५ औं मिनेटमा पाराग्वेका माथियस विलसान्तीले दिएको पासमा रामोन सोसाले गोल गर्दै अग्रता २–१ मा झारेका थिए ।

तर, त्यसपछि लगातार प्रयास गरे पनि पाराग्वले थप गोल गर्न नसक्दा कोस्टारिका विजी भए पनि अन्तिम ८ मा पुग्न पर्याप्त भएन

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected