३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

१८ असार , काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमा प्रवेश गरेका छन् ।

सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमा भने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भेर्टोङ्गेनले आत्मघाती गोल गरेपछि त्यसको फाइदा फ्रान्सलाई भयो ।

निर्धारित समय बराबरीतर्फ उन्मुख खेलको ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्सले १–० को अग्रता लियो । रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

सोही अग्रता जोगाउँदै फ्रान्स क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, अर्को खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले स्लोभाकियाको तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो । त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई स्लोभानियाका कप्तान यान ओब्लाकले विफल पारेका थिए । क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected