३ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

स्पेन र इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

१७ असार ,काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे ।

१८ औं मिनेटमा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेपछि स्पेन सुरुआती समयमा भने पछि परेको थियो । सोही अग्रता जर्जियाले काम राख्न नसक्दा ३९ औं मिनेटमा बराबरी गोल खान पुग्यो ।

स्पेनका लागि ३९औं रोड्रीले गोल गर्दै खेल १–१ अबस्थामा ल्याएका थिए । पहिलो हाफमा एक एकको बराबरी खेलेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । हाफको ५१औं मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई २–१ ले अघि बढाए ।

७५औं मिनेटमा विलियम्सको गोलमा स्पेनले ३–१ को अग्रता लिएको थियो । ८३औं मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले प्रवेश गरे लगत्तै गोल गरेपछि अन्ततः स्पेन ४–१ को शानदार जित निकाल्न सफल भयो ।

जितसँगै स्पेनले अब स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ । जर्मनीले डेनमार्कलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

यस्तै, अर्को खेलमा स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

गेल्सेनकर्चेनमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इङ्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तान ह्यारी केनले गोल गरेका छन् । २५औं मिनेटमा स्लोभाकियाका लागि इभान स्क्रान्जले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

खेलमा एक शून्य गोलले पछि परेको इङ्ल्यान्डले बेलिङ्घमको गोलबाट नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो । अतरिक्त समयको पाँचौं मिनेट बेलिङ्घमले उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान ह्यारी केनले गोल गर्दै २–१ को अग्रता दिलाए । त्यसपछि बाँकी समय थप गोल हुन सकेन र इंग्ल्याण्ड विजयी भयो ।

जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड सामना गर्नेछ । स्वीट्जरल्यान्डले साविक विजेता इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाइसकेको छ । युरोकपमा आज फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभानिया आमने सामने हुने छन् । पहिलो खेल राति पौने १० बजे तथा दोस्रो खेल राति पौने १ बजे सुरुहुने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected