२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

कुतियाकबरमा ‘सेफ हाउस’ निर्माण

१६ असार , वेदकोट कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा सुरक्षित आवास (सेफ हाउस) निर्माण भएको छ । महाकाली र जोगबूढा नदीले घेरेको बाढीको उच्च जोखिममा रहेको बस्ती कुतियाकबरका स्थानीय बर्सेनी बाढीको समस्या झेल्दै आएका छन् ।

बाढी आएका बेला बस्न मिल्नेगरी कुतियाकबरका स्थानीयका लागि दुई वटा सेफ हाउस निर्माण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बुले बताए । नगरपालिका, नेपाली सेना र विभिन्न सङ्घसंस्थाको लगानीमा उक्त आवास निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।

नगरप्रमुख लिम्बुका अनुसार नगरपालिकाको रु पाँच लाखसहित विभिन्न सङ्घसंस्थाको गरी कूल रु २७ लाखमा एउटा र सेनाको रु २० लाख र नगरपालिकाको रु पाँच लाखको लगानीमा अर्को सेफ हाउस निर्माण भएको हो ।

“बाढीले बर्सेनी खाद्यान्न, लत्ताकपडा बगाएर लैजान्छ । ज्यान जोगाउनै मुश्किल पर्छ”, स्थानीय टेकबहादुर सुनारले भने, “एक किलोमिटर टाढा गएर आश्रय लिएर बस्नु प¥थ्यो । सेफ हाउस निर्माण भएपछि त्यो बाध्यता हट्ने छ ।” कुतियाकबरका स्थानीय बाढी आएका बेला घर छोडेर दोधारा चाँदनी–७ स्थित अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका थिए ।

“वर्षात् लाग्नेबित्तिक्कै डर त्रास हुन्थ्यो । सेफ हाउस भएपछि केही हदसम्म डर हटेको छ । ज्यान जोगिने आशा जागेको छ”, स्थानीय मायादेवी सुनारले भन्नुभयो, “खाद्यान्न, लुगाफाटो त बचाउन सकिँदैन । सेफ हाउसले ज्यान जोगिनेमा ढुक्क छौँ ।”

सीमामा नेपाली भूमिको रक्षक बनेर बसेका कुतियाकबरका स्थानीयले सरकारसँग वर्षात्मा बस्न सुरक्षित स्थानमा आवास उपलब्ध गराउनुपर्ने माग गर्दै आएका थिए । महाकाली नदीमा पक्की तटबन्धन नहुँदा कुतियाकबरमा कटान भएर उर्वराभूमि बगरमा परिणत हुँदै गएको छ ।

हाल महाकाली नदीमा जैविक तटबन्धन निर्माण गर्ने काम समेत भइरहेको नगरप्रमुख लिम्बुले जानकारी दिए। उनका अनुसार महाकालीको तटीय क्षेत्रका स्थानीयलाई पानीको बहावबारे सूचना दिन पक्की पुलमा उपकरण जडान गरिएको छ ।

“जोगबूढा नदीमा पनि उपकरण जोड्ने तयारी गरेका छौँ । महाकालीमा जडित उपकरणले पानीको बहाव सतर्कता तह पार गरेको मापन गरेपछि साइरन बजाएर वा म्यासेजमार्फत जानकारी गराइन्छ”, उनले भने।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व