१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

संविधान ठिक कि बेठिक भनेर सांसदहरुले मूल्यांकन गर्छन : अध्यक्ष दाहाल

१६ असार ,काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधान ठिक कि बेठिक भनेर प्रमाणित गर्ने दायित्व यसको कार्यान्वयनको जिम्मा लिएका सांसदहरुले लिनुपर्ने बताए ।

आइतबार ६६औँ संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली जनचहाना अनुसार हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको संसदीय व्यवस्थालाई हेर्ने दृष्टिकोण फरक फरक छन् । नेपाल सबैभन्दा धनी छ भने संविधानहरुमै छ । २००७ सालदेखि हालसम्म हामीले धेरैवटा संविधानहरु परीक्षण गरिसकेका छौं । केही मानिसले उतिबेलाका पुराना संविधानले देशलाई सबैभन्दा उत्कृष्ट बनाउँछ भन्दै अगाडि बढे । हामी निरन्तर त्यसका विरुद्ध लड्दै गयौं । यी सबै संविधानहरु हेर्ने आ–आफ्नै दृष्टिकोणहरु हुन्छन् । तर संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्ने कुरा संविधानलाई कार्यान्वयन गरेको जिम्मा लिएका सांसदहरुको हो । नेतृत्वमा बस्नेहरुको आचरण, दृष्टिकोण, सोच र कार्यशैली नेपाली जनताको इच्छा र चाहना अनुसार मुलुकको उत्कृष्ट थलोमा प्रस्तुत हुनुपर्दछ ।’

संसदले सबै जनभावनाको कदर गर्ने भएका कारण संसदमा निर्माण हुने ऐन र कानूनले मुलुकलाई कस्तो दिसा दिन्छ भन्ने कुराको पुष्टि हुने अध्यक्ष दाहालको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।