२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

कोपा अमेरिकाः अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

१६ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए ।

७२ औं मिनेटमा लियोनार्दो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो ।

८६ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो । यही समूह एबाट क्यनाडाले पवनि अन्तिम ८ मा स्थान बनाएको छ । क्यानडाले चिलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका ९ अंक हुँदा क्यानडाको चार अंक रहेको छ । यसैगरी चिली २ अंकका साथ तेस्रो तथा पेरु १ अंकका साथ चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected