२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाज

संस्कृति नीति गलत छ, समाजवादमा आधारित संस्कृति अंगाल्नुपर्छ’

१४ असार ,काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हित बहादुर तामाङले देशको संस्कृतिक नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित संस्कृति नीति, २०८१ माथि छलफल कार्यक्रममा बोल्दै मन्त्री तामाङले संविधान आफैंमा समाजवादमा आधारित संस्कृति उन्मुख रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्कृति नीति गलत छ । वैज्ञानिक र आधुनिक संस्कृतिको विकास गर्नेबारे पनि छलफल हुनुपर्छ । आधुनिक संस्कृतिको विकास नगरौं भन्ने हो भने नेपालको संविधानले समाजवादी संस्कृतिको विकास गर्ने भनेर त उल्लेख गरेको हो नि । अहिलेको संविधान आफैंमा समाजवादउन्मुख संविधान हो । त्यसकारण समाजवादी संस्कृतिको विकास गर्ने कुरामा खुलेर आउन आवश्यक छ ।’

मुलुकले बहुलतालाई समेत स्विकारेको मन्त्री तामाङको भनाइ छ ।

नेपालको संविधानमै बुहजातीय, बहुधार्मिक र बहु सांस्कृतिक भनेर प्रमाणित गरेको उल्लेख गर्दै उनले अबको सांस्कृतिक नीति त्यही अनुरुप हुनुपर्ने बताएका हुन् ।

‘हामीले बहुलतालाई स्विकार गरेका छौं । हामी बहुभाषिक हो, बहु सांस्कृतिक हो, बहुजातीय हो भनेर भन्नु नै हामीले बहुलतालाई स्विकारेको हो’, उनको भनाइ छ ।

०००

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व